अवतरणकोे क्रममा टर्किस एआरलाइन्सको जहाजमा प्राविधिक समस्या, भयानक दुघर्टनाबाट बच्यो
टुरिजमफेस
काठमाडौं । काठमाडौंमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर तनावग्रस्त बन्यो । ।
बिहान करिब पौने ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा पाङ्ग्रातर्फ आगोको झिल्का देखिएको विमानस्थल स्रोतले जनाएको छ। त्यसलगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेका दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि विमानभित्र रहेका यात्रुलाई आपत्कालीन ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। सबै यात्रु र चालकदलका सदस्य सकुशल रहेको जनाइएको छ।
विमानको पाङ्ग्रामा किन आगो देखियो भन्ने विषयमा प्राविधिक जाँच सुरु गरिएको छ। विमानस्थल प्रशासन र सम्बन्धित प्राविधिक टोलीले घटनाको कारण, जहाजको अवस्था तथा सुरक्षासम्बन्धी पक्षबारे अनुसन्धान गरिरहेका छन्।
