असीमित स्रोतको उचित व्यवस्थापनबाटै जुर्मुराउन सक्छ पर्यटन
दीपकराज जोशी
पर्यटन व्यवसायमा निजी क्षेत्र प्रत्यक्ष रूपमा लागेको ६५ वर्षभन्दा बढी भइसकेको छ । विगत ६ दशकको अवस्थालाई हेर्ने हो भने पनि राज्यको अग्रसरता र उत्सुकताभन्दा निजी क्षेत्रको संलग्नता यसमा बढी देखिन्छ । लामो समयसम्म पर्यटन भनेकै विदेशी पर्यटकमा निर्भर रहेको नेपालको पर्यटन पछिल्लो कालखण्डमा भने विदेशीमात्र नभएर आन्तरिक पर्यटन पनि उदीयमान विधा भएको छ ।
नेपालमा विदेशी पर्यटकको अकार्षण बढ्दै जानु र विस्तारै नेपाल रोजाइमा पर्नुलाई लामो हवाई दूरी (लङ हउल)बाटै भएको देखिन्छ । नेपालमा पर्यटनको सुरुवात पनि लामो दूरीका गन्तव्यबाट आउने पर्यटकबाट बढी जोड दिएरै भएको देखिन्छ । यसका लागि नेपालमा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व नेपाल आएको देखिन्छ । ती पर्यटकले पुस्तकमार्फत, स्टोरी, विभिन्न प्रकारका रेकर्डबाट नै नेपाललाई चिनाएको पाइन्छ । जसले नेपालप्रतिको आकर्षण बढेको र नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम भएको पाइन्छ । जसको फलस्वरूप नेपालमा विदेशी पर्यटक बढ्दै जान थालेको हो ।
निजी अगाडि, राज्य पछाडि
पर्यटकहरू आउन थालेपछि हामीले पनि निजीक्षेत्रसहितबाट सेवा दिन थालेका छौं । अहिलेको अवस्थामा पर्यटनको विभिन्न कम्पोनेन्टमार्फत प्रवद्र्धन भइरहेको छ । पर्यटक आइसकेपछि उनीहरूलाई सेवा दिने काम अर्को महत्वपूर्ण काम हो । हामीले पर्यटकलाई सेवा दिने काम होटल, होमस्टे, टे«ेकिङ, ट्राभलसहितबाट गरिरहेकै छौं । सरकारले पर्यटन विकास र प्रवद्र्धनकै लागि विभिन्न निकाय गठन गरेका पनि छ । पर्यटन बोर्ड, विभिन्न पर्यटनकमा विंङसहरू र तारागाउँ पर्यटन विकास समितिसहितबाट पनि सेवा प्रवाह भएको पाइन्छ ।
पर्यटकलाई आकर्षित गर्ने र सेवा प्रभावकारी दिने भनेर राज्यले नै सुरु गरेका निकायबाट भने सुरुवाती वर्षहरूमा काम गर्न खाजेको जस्तो देखिए पनि आजका दिनमा ती निकाय खासै भिजिबल हुन सकेका छैनन् । निजी क्षेत्रको दबाब होस् वा सरकारी संयन्त्रले काम अब्बल हुन नसक्दा होस् । आखिरीमा सरकारले पर्यटकीय सेवा र सुविधाका लागि सुरुवात भएका सरकारी निकाय कमजोर हुँदाको घाटा समग्र पर्यटन क्षेत्रलाई भइरहेको छ ।
पछिल्लो समय पर्यटन क्षेत्रमा काम गर्ने संस्थागत हिसावले हेर्ने हो भने निजी क्षेत्रको सक्रियता बढ्दै गएको देखिन्छ । टे«किङ, ट्राभल, एयरलाइन्स, होटल, पर्वतारोहणसहितका संस्थाहरूको योगदान उल्लेख्य देखिन्छ । कतिपय पर्यटनमा सक्रिय संस्थाहरू पर्यटन मन्त्रालय स्थापना हुनुभन्दा पनि अगाडि स्थापना भएका र सेवा दिन थालेका पनि छन् । ती संस्थासँग सरकारी निकायको उपस्थिति जोडेर हेर्ने हो भने निजी क्षेत्र अलि बढी आक्रामक छ भने सरकारी प्रक्रिया सुस्त देखिन्छ ।
नीतिगत उदारताको प्रतिफल
नेपालमा सन् १९७० को दशकपछि पर्यटनको महत्व देखेर सरकारले नै सहजीकरण गर्न थालेको र पर्यटन मन्त्रालय स्थापना गरेर सन् १९७२ मा पर्यटनको गुरु योजनासमेत बनेको देखिन्छ । सरकारले पर्यटनमा दक्ष जनशक्ति उत्पादन गर्ने भनेर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सुरुवात गर्नेदेखि पर्यटन विभाग स्थापना गरेर नियमनको भूमिका खेल्न थालेसम्मको अवस्थालाई अहिले जोडेर हेर्ने हो भने राज्यले सक्रियता देखाउन खोजको मात्रै देखिन्छ । पर्यटकीय संस्थालाई इजाजतपत्र दिने र नियमन गर्ने भन्ने सैद्धान्तिक विषयमा सरकारी क्षेत्रको भूमिका देखिन्छ त्यसको प्रभावकारी र निरन्तरता अर्को पाटो मानिएको छ ।
पूर्वाधार विकासमा पनि सरकारले निजी क्षेत्रमैत्री र खुला अर्थतन्त्रको नीति लिएर हवाई यातायात, पर्यटन यातायातसहित विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी खुला गरिदिएको छ । यसले निजी क्षेत्रको अपनत्व बढेको छ भने सरकारले गर्ने सहयोगको दायरासमेत बढेको देखिन्छ । पछिल्लो दिनमा सरकारले नीतिगत क्षेत्रमा गर्नुपर्ने काममा राम्रो गरिदिएको कारणले पनि पर्यटन क्षेत्रको विकासमा सहजता पक्कै भएको महशुस गर्न सकिन्छ । राज्यले पर्यटन विकास र सहजीकरणमा गरेको प्रयाश अन्तर्गत छुट्टै पर्यटक प्रहरी, हरियो प्लेटका सवारीको व्यवस्था, पर्यटनका लागि गुणस्तरी सेवा दिने पर्यटकीय संस्थाले विदेशबाट ल्याउने सामानमा कर छुट, पर्यटकीय सवारी किन्दा दिने छुटसहितको काम निकै सह्रानीय छ ।
सरकारले क्षेत्रगत सुधारको लागिसमेत कम गरेको छ । सरकारले नेपालको पर्यटन क्षेत्रको विकासका लागि क्षेत्रगत रूपमा पर्यटकीय महत्व पक्कै दिएको छ । पर्यटनको विकास तथा सहजीकरणको लागि छुट्टाछुटै क्षेत्रलाई समेटेर नीतिगत व्यवस्थासमेत गरेको छ । पछिल्लो दिनमा हामीले हेर्ने हो भने नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने र साझेदारीका हिसावले समेत सक्रिय भूमिका खेल्ने भनेर नै नेपाल पर्यटन बोर्ड स्थापना भएको देखिन्छ ।
सरकारले गर्न खोजको काम जति अग्रसरता लिएर गरेको देखिन्छ त्यसलाई राज्यले बनाउने पूर्वाधार भएन भने भएकै पर्यकीय गतिविधिका काम समेत देखिँदैनन् । राज्यले अहिले पनि पर्यटन पूर्वाधारमा उच्च प्राथमिकता नदिएको भन्ने गुनासो आइ नै रहेका छन् । यसका लागि राज्यले पूर्वाधार निर्माणमै महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । त्यसो त निजी क्षेत्रको अपेक्षा अनुसारको पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन भने पक्कै हुन सकेको छैन । यसका लागि राज्यको प्रशासनिक तथा राजनीतिक दुबै तहले काम गर्नुपर्ने हुन्छ । पर्यटनको बारेमा बुझाई मात्रै राम्रो भएर पक्कै हुँदैन । अस्थिर सरकार, कर्मचारीको छिटोछिटो सरुवा हुने, आवश्यकता अनुसारको गन्तव्य विकास र प्रवद्र्धनको पाटोमा अझै धेरै कमजोरी छ ।
कमजोर पूर्वाधारको मारमा पर्यटन
राज्यले अगाडि बढाएका धेरै पूर्वाधारका कार्यक्रम राम्रोसँग अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय गौरवकै आयोजनाको सूचीमा हेर्ने हो भने दुई दर्जन आयोनजामध्ये ५÷७ वटा त पर्यटन मन्त्रालय अन्तर्गतकै पर्यटकीय पूर्वाधार बनाउने भन्ने खालका छन् । यी आयोजनालाई द्रुत गतिमा काम गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने हुन्छ । यस्ता आयोजना कार्यान्वयनतर्फ बढी जोड दिनु पर्छ । अस्थिर भएका आयोजनालाई स्थिरतातर्फ लैजाने र सक्रिय बनाएर बढीभन्दा बढी प्रतिफलमूखि बनाउँदै कार्यान्वयनतर्फ नै जोड दिनुपर्ने हुन्छ । यस्ता आयोजनाको गम्भिर छलफल गर्ने, प्रभावकारिता र प्रतिफलका निम्ति अलि बढी जोड दिने हो भने पक्कै यसको नतिजा राम्रो आउँछ ।
पर्यटन भनेको प्राविधिक विषय पनि हो । पर्यटनका कतिपय आयोजना विकास गरेर निजी क्षेत्रलाई नै दिनुपर्ने छ भने कतिपय काम राज्यकै आग्रसरतामा मात्रै हुनुपर्ने छ । यस्ता विषयमा समेत गम्भिरताका साथ लाग्नुपर्ने हुन्छ । अहिले कतिपय पर्यटनका गतिविधि प्रभावकारी हुन सकेका छैनन् भने यसलाई गतिशीलसमेत बनाउन नसकिएको देखिन्छ ।
पर्यटन क्षेत्रमा प्रशस्त संघ संस्था त छन् तर पर्यटनको बारेमा गम्भिर भएर लाग्ने चाहिँ कम भए । जति संघ संस्थाले काम गरेका छन्, तिनीहरूबाट प्रभावकारी नतिजा देखिएको छैन । यसको कारण पर्यटनको बारेमा नबुझ्ने र काम गर्छु भन्ने नेतृत्वलाई पनि सरकारी तहबाट हुनुपर्ने सपोर्ट कम भइरहेको देखिन्छ । नीतिगत पक्ष फितलो हुनु र सरकारी नेतृत्वकर्ताको परिवर्तन छिटोछिटो हुनुले पनि पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र प्रतिफल अपेक्षा अनुसारको हुन पक्कै नसकेकै हो ।
रणनीतिक योजनाका असफलताको पाठ
लामो समयसम्म प्रभावकारी काम हुन नसक्नुमा सरकारी कमजोरी पक्कै छ । यस अघि सन् २०११ को पर्यटन वर्ष सकिन नपाउँदै भिजन २०२०, २०१६–२५ को लागि पर्यटन विकासको रणनीतिक योजना, २०२३–३० को पर्यटन दशक, पाँच÷पाँच वर्षे आवधिक योजना पनि तय भएकै थिए । तर, ती तय भएका योजना र कार्यक्रम तथा पर्यटनमा दीर्घकालिन काम गर्ने भनेर आएको योजनाको कार्यान्वयन पक्ष भने फितलो बन्यो । पर्यटन मन्त्रालय अन्तर्गत बन्ने योजना र पर्यटनका विभिन्न निकायले बनाउने योजनाले प्रभावकारी कामै गर्न नसक्नु, भएका नेतृत्वसँग पुरानो विषयवस्तुको जानकारी नहुने र जानकारी लिन भन्दा आफैं नयाँ योजना बनाएर जान खोज्ने अभ्यास प्रशस्त छ । यस्ता अभ्यासले भएकै योजना पूरा नहुने र नयाँले पनि प्रभावकारी काम गर्न सकेको छैन । एउटा भिजन अनुसारको कार्यक्रम बन्छ तर त्यसलाई कार्यान्वयन गर्ने बेला राजनीतिक नेतृत्व परिवर्तन भइसक्छ । जसका कारण त्यो कार्यक्रमको कार्यान्वयन गर्ने पक्ष निकै कमजोर भइरहेको छ ।
आजको दिनमा हाम्रो पर्यटनको दिशाविहीन (डिरेक्सनलेस) हुनुको कारण पनि राजनीतिक अस्थिरतादेखि भएकै योजनाका प्रभावकारी कार्यान्वयन नभएर भएको हो । नेपालको पर्यटन अब कता जाने ? कस्ता निकायसँग वास्तविक समन्वय गर्ने भन्ने विषय नै ‘डिरेल’ भएको अवस्था छ । यसलाई छिटो ट्रयाकमा ल्याउनुपर्छ । एकैपटक धेरै कम गर्नुपर्छ भन्ने होइन, काम कम गरौँ तर त्यसलाई वास्तविक र मूर्त रूप दिनुपर्छ भन्ने हुनुपर्छ । पर्यटन प्रवद्र्धनको कामलाई राम्रोसँग गर्ने, पूर्व तयारी गर्ने र प्रशस्त गृहकार्य गरेर मात्रै अगाडि बढ्ने हो भने पर्यटनलाई हामीले भनेजस्तै अथाहा सम्भावना भएको क्षेत्र हो भनेर पुष्टि गर्न सकिन्छ । नेपालको लागि पर्यटनले जति दिने दिर्घकालीन लाभ दिने अरु क्षेत्र नै हुन छैन र हुन पनि सक्दैन ।
दीर्घकालीन लाभ दिनकै लागि निजी क्षेत्र अभ्यस्त छन्, सबैले गर्नुपर्छ र प्रवद्र्धन गर्ने पनि भनिन्छ तर प्रभावकारी काम हुन्छ पनि भनिरहेका छन् । पर्यटनमा भएको योजनाले प्रतिफल दिन सकिरहेको छैन । यसको कारण सरकारले लामो समयको कामलाई बिना योजना अगाडि बढ्नु नै अहिलेसम्म भएको कमजोरी हो । राजनीतिक नेतृत्वले आफ्नो कार्यकालको लागि काम गर्ने मात्रै भनेर पन्छनु पक्कै हुँदैन । यसले पछिसम्मको अपनत्व बढ्दैन ।
प्रभावकारी पर्यटन विकासका लागि र प्रतिफलमुखि काम गर्न यस अघि आएका कार्यक्रमभन्दा पर्यटन प्राथमकिताका दशकको रूपमा नयाँ कार्यक्रम ल्याउनुपर्छ । पर्यटन प्राथमिकताका दशकमा के गर्ने भन्ने विषय पक्कै पहिल्याउनुपर्छ । पर्यटन पूर्वाधारमा राज्यले गर्ने लगानी, निजी क्षेत्रले गर्ने लगानी, पर्यटक भित्र्याउने लक्ष्य, त्यसका लागि आवश्यक जनशक्तिसहितका विषयलाई अहिले नै निक्र्योल गरेर अगाडि बढ्नुपर्छ । कति होटल चाहिन्छ, कति ट्राभल, टे«किङ, टुर गाइड अबको दशकमा आवश्यक छ भन्ने आकलन गरेर अहिले नै तयारी गरेर जान सकिन्छ । यसको लागि पक्कै राज्य संयन्त्रकै सक्रियता चाहिन्छ भने निजी क्षेत्र त मुख्य साझेदार भइहाल्यो । पर्यटकीय क्षमता र त्यसलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि तय गरेर जान सकिन्छ । कार्यक्रम ल्याउने तर त्यसको अपनत्व राज्य वा निजी क्षेत्र कसैले पनि नलिने चाहिँ हुुनु भएन ।
पर्यटनमा अबको बाटो
पर्यटनमा संग्लग्ताको हिसावले काम गर्ने रफ्तार पक्कै देखिन्छ । बजेट पनि खर्च भइरहेको छ । तर हामीलाई चाहिने कार्यक्रममा बजेट खर्च भएन, गन्तव्य विकासको कार्यक्रम भएन । आगामी वर्ष भित्र्याउने पर्यटक र त्यसको लागि गर्ने प्रवद्र्धनको काम हुनुपर्छ । नेपालको लागि वास्तवमा भन्ने हो भने राज्य तथा निजी क्षेत्रले भएकै गन्तव्यको विकास र प्रवद्र्धनमा मात्रै लगानी गरे पुग्छ । भएकै गन्तव्यको विकास गर्ने हो भने पनि अबको कम्तिमा २० वर्षको लागि नयाँ गन्तव्य खोजिरहनु पर्ने छैन । जे छ त्यही गन्तव्यको विकास गर्ने र प्रर्वद्धन गर्ने हो भने पनि हामीसँग अहिलेकै पर्यटन गन्तव्य यथेस्ट छन् । तर, हामीकोमा भएका गन्तव्य जुन अन्तर्राष्ट्रिय स्तरका छैनन् त्यतातर्फ ध्यान गएको छैन भने नयाँ गन्तव्य पनि प्रवद्र्धन गर्न सकिरहेका छैनौं । यसैका लागि हामीले राम्रो होमवर्क गर्ने, सही टीम छनोट गर्ने र फोकस भएर काम गर्ने हो भने तीन देखि पाँच वर्षमै भिजिबल चेन्ज पर्यटनमा ल्याउन पक्का सकिन्छ ।
पर्यटनमा काम गर्ने निश्चित संस्थाहरूको निश्चित दायित्व हुन्छ । त्यो अनुसार संस्थागत काम हुन नसक्दा पर्यटन बोर्डले पूर्वाधार विकास गरिदेओस् अनि प्रवद्र्धन पनि गर्छ भन्ने भइरहेको छ । तर, साना पूर्वाधार विकास गर्ने काममा अल्झनुभन्दा दीर्घकालीन महत्वका काम गरेर जानु उपयुक्त हुन्छ । त्यसका लागि पर्यटन मन्त्रालय अन्तर्गतका निकायलाई पुनरावलोकन गर्दै पनि गर्नुपर्छ । मन्त्रालय भित्र पर्यटन, संस्कृति र उड्डयनका निकाय छन् । यी निकायहरूको कामको मात्रै रिभ्यू गर्ने र टार्गेटसहितको जिम्मवारी दिने मात्रै हो भने पनि पक्कै नतिजामुखि काम छोटो समयमा नै देखाउन सकिन्छ ।
अहिले त पर्यटन मन्त्रालयका केही महाशाखा, पर्यटन मन्त्रालय, बोर्ड र निजी क्षेत्रका कामसमेत दोहोरोपना हुने गरेको छ । त्यसलाई पनि पुनरावलोकन गरेर नजितामुखी बनाउने गरी पक्कै जिम्मेवारी दिनुपर्छ । पर्यटन विकास गर्दा निजी क्षेत्रलाई छोडेर जान भने सकिँदैन ।
निजी क्षेत्रसँग जोडिएकै कारण नेपालको पर्यटन अहिलेको अवस्थासम्म आइपुगेको हो । निजी क्षेत्रको पर्यटन विकासमा पक्कै सह्राहननीय यो योगदान छ । अहिले जे जति पर्यटन आगमनको नतिजा देखेका छौँ, त्यो सरकारले निजी क्षेत्रलाई गरेको समर्थनकै कारणले भएको हो । छोटो समयमा नै प्रतिफल हासिल गरेर जान राज्य र निजी क्षेत्रकै सहकार्य चाहिन्छ । राज्यले निजी क्षेत्रले गरेको मागलाई पक्कै पूरा गर्दैै आएको छ । राज्यले पर्यटन विकासको लागि जति अपेक्षा गरेको छ र निजी क्षेत्रले दिनसक्ने योगदान जति छ त्यो पक्कै कम भएको भने हुनसक्छ । अन्तर्राष्ट्रिय सफल अभ्यासलाई निजी क्षेत्रले पनि जोड्दै जाने र अपेक्षाकृत उपलब्धि हासिल गर्दै जान नसक्नु अपेक्षा अनुसारको नतिजा नपाउनु पनि हुन सक्छ ।
निजी क्षेत्र जति सक्रिय भएको छ त्यति लाभ पाउन सकेको अवस्था पनि देखिँदैन । अहिले हामीसँग जे जति पर्यटकीय गन्तव्य र आगमन छ त्यसले गरेको खर्च सन्तोषजनक छैन । अहिले विदेशी पर्यटकले गर्ने दैनिक खर्च ४०÷४५ डलर प्रतिदिनमा मात्रै सीमित छ । हामीसँग भएको गन्तव्य र क्षमताको हिसावले हेर्ने हो भने यो खर्च निकै कम हो । भएकै गन्तव्यबाट बढी लाभ लिन सक्ने, होटलहरूले प्रिमियम चार्ज लिने अवस्था छैन ।
नेपालको समस्या खर्चालु पर्यटक (हाइइण्ड टुरिष्ट)मा पहुँच नपुग्नु, गन्तव्यको प्रवद्र्धन हुन नसक्नु र अन्तर्राष्ट्रिय बजारसम्म हामी पुग्ने नसक्नु नै हो । यसले गर्दा हामीले पाउनुपर्ने प्रतिफल पाइरहेका छैनाँै । यसका राम्रो होमवर्क नै नपुगेको हो । यसका लागि राज्यले पूर्वाधार छिटोभन्दा छिटो सुधार गर्ने, अध्यामनको भिसा सहजीकरण गर्ने, भएकै अन्तर्राष्ट्रिय विमानस्थल थप प्रभावकारी बनानुपर्छ । अहिले काठमाडौंसँगै इन्सेन्टिभ दिएरै भए पनि भैरहवामा चहलपहल देखिन थालेको छ । भएकै अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा सञ्चालन दीर्घकालीन रूपसम्ममा हुने गरी जानुपर्छ । राज्यले नीतिगत व्यवस्था हेरिदिनुपर्छ भने निजी क्षेत्रको प्रवद्र्धनमा राज्यले भूमिका खेलिदिन सक्छ । यसका लागि निजी क्षेत्रले गतिविधि सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्छन । नयाँ सन्देशसहित अन्तर्राष्ट्रिय क्षेत्रमा जाने हो भने खासै समस्या पनि छैन र सम्भावना पनि ज्यादा छ । त्यसले राज्य र निजी क्षेत्र दुबैलाई राम्रो प्रतिफल दिन्छ ।
गुणस्तरीय खर्च गर्ने व्यवस्था बढाउन पनि कि त राज्यले नियन्त्रण गर्नुपर्छ अन्यथा ठूलो लगानी भएको निजी क्षेत्रको नियन्त्रणमा हुनुपर्छ । त्यसो भयो भने खर्च गर्ने पर्यटक बढ्ने अधिक लाभ लिन सकिने हुन्छ । अहिले त मिश्रित रणनीतिमा काम भइरहेको अवस्था छ । जसले गर्दा खर्चालु र बजेट टुरिष्ट दुबैलाई एउटै एजेन्सीले ह्याण्डेल गरिरहेको छ । हामीले गर्ने कामर्यक्रम पनि गुणस्तरीय पर्यटक लक्षित हुनुपर्छ । भएकै गन्तव्यको विकास गर्ने र सेवा सुविधामा केन्द्रित हुनुपर्छ । यसको प्रयासस्वरूप पर्यटन बोर्डले काम गर्दै आएको र बजेट खर्च पनि पर्यटकीय सेवा र सुविधामै बढाउदै लगिरहेको पनि छ ।
अहिलेकै अवस्थाको पूर्वाधार र क्षमताबाट पनि नेपालले गुणस्तरीय पर्यटक भित्र्याउन सक्छ । गुणस्तरीय पर्यटक भित्र्याउने मामलामा एउटा पक्ष भुटानको जस्तो राज्य नियन्त्रित पर्यटकको अपेक्षामा छन् भने अर्को पक्ष यूरोपको जस्तो बिजनेसमा राम्रो होल्ड गर्न निजी क्षेत्रको राम्रो उपस्थिति छ । त्यसले गर्दा गुणस्तरीय पर्यटक भित्र्याउन सकिएको छ । त्यसैले हामीले पनि अस्वस्थ प्रतिस्पर्धा गर्ने नभएर स्वस्थ प्रतिस्पर्धा नै बढाउनुपर्ने हुन्छ । सेजन स्मारिका