प्रतिनिधि सभा विघटन र सरकार गठनमा अन्तरिम आदेश अस्वीकार गर्दै सर्वोच्च अदालते भन्यो–अहिलेको परिस्थितिलाई दुरगामी नजिर बनाउन मिल्दैन
टुरिजमफेस
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र सरकार गठनको विपक्षमा परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
बरु सर्वोच्चले अहिलेको परिस्थिति फरक भएकाले दुरगामी नजिर बनाउन नसकिने भनेर व्याख्या गरेको छ ।
‘अन्तरिम आदेश माग गरेको विषयवस्तु अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदकको माग दाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा सुशीला कार्कीलाई गरेको नियुक्ति र उनकै सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै १६ वटा रिट सर्वोच्च अदालतमा दर्ता गरिएका थिए ।
रिटमाथि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्माको इजलासमा सुनुवाइ भएको हो । इजलासले विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनेको छ ।
