जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ ।
यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।रासस
