उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल

टुरिजमफेस
काठमाडौं ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४÷२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ । कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भए ।
नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषय अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन आग्रह गरे । स्टार्ट–अप र युवा उद्यमीलाई प्रोत्साहनको खाँचो रहेको नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवालाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए ।