अशोकराज सिग्देल प्रधान सेनापति नियुक्त
टुरिजमफेस
काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन् । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ ।

कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् ।
