सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नै पर्ने

टुरिजमफेस
काठमाडौं । सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नै पर्ने नियमको प्रस्ताव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक’ मा यस्तो व्यवस्था गरिएको हो । यो विधेयक जस्ताको त्यस्तै पासर भए ७ हजार मिटर नचढेका कसैले पनि सगरमाथ चढ्ने प्रयास गर्न पाउने छैनन् ।
यसका साथै हिमाल चढ्नका लागि स्वास्थ्य परीक्षण प्रमाणपत्र पनि अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । सरकारले अहिले सगरमाथामा जो कोही पनि चढ्न खोज्ने अभ्यासलाई कम गर्न खोजेको देखिए पनि अन्ततः यसले सरकारको राजस्व संकलनमा भने कमी आउनेछ । सगरमाथा चढ्न खोज्ने व्यक्तिले सरकारलाई शुल्क तिर्नुपर्छ । सगरमाथा चढ्न सफल भए पनि हो नभए पनि हिमाल आरोहणमा सामान खरिद गर्नुपर्ने तथा शेर्पासमेत लैजानु पर्ने नियम छ ।