धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एनआईसी एसियाका ग्राहकलाई १० प्रतिशत छुट

टुरिजमफेस
काठमाडौँ । धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा एनआईसी एसिया बैंकका ग्राहकले छुट पाउने भएका छन् ।
बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।