अब मिडियाको दर्ता र नवीकरण सिडिओ कार्यालयबाट हुने
टुरिजमफेस
काठमाडौं । सूचना तथा सञ्चारप्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागमा दर्ता हुँदै आइरहेको अनलाइन सञ्चारमाध्यमहरू बन्द गरिएको छ ।
अबदेखि अनलाइन मिडियाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्ने व्यवस्था गरिएको छ । केही नेपाल ऐन संशोधन (छापाखान तथा प्रकाशन ऐन-२०४८ को व्यवस्था) मार्फत अनलाइन मिडिया दर्ताको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिने व्यवस्था गरिएको हो ।

