जनार्दन शर्माको प्रस्ताव– जेनजीसहितको नयाँ राजनीतिक संयन्त्र निर्माण गरौं

टुरिजमफेस
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यमान सरकारले राजीनामा दिएर जेनजी आन्दोलनकारीसहितको नयाँ राजनीतिक संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलनकारीहरूको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरूको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गरौं ।’
सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार विरुद्ध जेन–जीले देशका विभिन्न स्थानमा गरेको आन्दोलनमा कम्तीमा २० प्रदर्शनकारी मारिएका छन् भने तीन सय भन्दा बढी घाइते भएका छन् । प्रहरी दमनको व्यापक विरोध भइरहेको छ । सोमवारको घटनालाई इतिहासकै निर्मम अत्याचारको रूपमा लिइएको छ । लोकतान्त्रिक दावी गर्ने सरकारबाटै अपनाइएको दमनको शैलीले आमजनता आक्रोशित भइरहेका छन् ।