बालेन्द्र शाहको मन्त्रिपरिषद्का सदस्यहरूको आर्थिक हैसियत औसत नेपाली भन्दा निकै माथि, पर्यटनमन्त्रीको कस्तो छ आर्थिक अवस्था ?
काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। विवरणमा प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालय सम्हालेका मन्त्रीहरूको चल–अचल सम्पत्ति, आम्दानी स्रोत, बैंक मौज्दात र लगानीसमेत खुलाइएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्।
उनका परिवारको नाममा काठमाडौं, धनुषा र महोत्तरीमा जमिन रहेको छ। श्रीमतीसँग १९० तोला सुन रहेको उनले जनाएका छन्।
उनको आम्दानीको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइजस्ता डिजिटल प्लेटफर्म रहेको उल्लेख छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले
स्वर्णिम वाग्लेका नाममा विभिन्न जिल्लामा घर–जग्गा छन्। ललितपुर, धुलिखेल र बन्दीपुरमा अपार्टमेन्ट तथा घर गरी करोडौं मूल्यका सम्पत्ति छन्।
उनसँग १ करोड ९० लाख रुपैयाँ बैंक मौज्दात, ४५ तोला सुन र विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको छ।
वाग्लेले बैंक तथा व्यक्तिगत सापटीमार्फत ठूलो परिमाणमा ऋण लिएको पनि खुलाएका छन्।
परराष्ट्र मन्त्री शिशिर खनाल
शिशिर खनालसँग काठमाडौंमा घर र देशका विभिन्न जिल्लामा पैतृक जग्गा रहेको छ।
उनको बैंक खातामा विभिन्न बैंकमा जम्मा लाखौं रुपैयाँ छ भने विभिन्न कम्पनीमा सेयर लगानी पनि रहेको छ।
खनालले बैंक तथा व्यक्तिगत स्रोतबाट ऋण लिएको विवरण पनि सार्वजनिक गरेका छन्।
गृहमन्त्री सुधन गुरुङ
सुधन गुरुङको नाममा धनकुटा, चितवनलगायत स्थानमा जग्गा छ।
उनसँग ८९ तोला सुन, ६ किलो चाँदी र करोडौं मूल्यको सेयर लगानी रहेको छ।
उनले एउटा कार र विभिन्न कम्पनीमा लगानीमार्फत सम्पत्ति आर्जन गरेको बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी
सीता बादीसँग १८ तोला सुन, १५ तोला चाँदी र करिब १५ लाख रुपैयाँ बैंक मौज्दात छ।
उनका परिवारको नाममा काठमाडौं, सुर्खेत र नुवाकोटमा घर–जग्गा छन्।
सामान्य स्तरका सवारी साधन र साना पशुपालनसमेत उनले विवरणमा समेटेकी छन्।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ
विराजभक्त श्रेष्ठ का नाममा काठमाडौंमा दुईवटा घर छन्।
उनसँग १ करोडभन्दा बढी सेयर लगानी, विभिन्न बैंकमा बचत र ५० लाख रुपैयाँ ऋण रहेको छ।
साथै, सवारी साधन र महँगा घडीसमेत उनको सम्पत्तिमा पर्छन्।
अन्य मन्त्रीहरूको सम्पत्ति
- प्रतिभा रावल: काठमाडौंमा घर, बैंकमा बचत र सवारी साधन
- सोबिता गौतम: बैंक मौज्दात, सुन–चाँदी र सवारी ऋण
- गीता चौधरी: न्यून नगद, साना सम्पत्ति र पशुपालन
- खडकराज पौडेल: डिजिटल पुस्तकालयमा लगानी, घरजग्गा र सेयर
- सस्मित पोखरेल: २४ करोडभन्दा बढी कुल सम्पत्ति
- रामजी यादव: ८० तोला सुन, जग्गा र बैंक बचत
- सुनिल लम्साल: घरजग्गा र ९० लाख बैंक मौज्दात
- विक्रम तिमिल्सिना: अधिकांश सम्पत्ति श्रीमतीको नाममा
- गौरीकुमारी यादव: काठमाडौं र तराईमा विस्तृत जग्गा, १८० तोला सुन
- निशा मेहता: १७ लाख बैंक मौज्दात, जग्गा र गरगहना
