पर्यटनको मेरुदण्ड बन्न सक्ने सडक, ढिलाइले गुम्दैछ पूर्वी नेपालको सम्भावना
सुदीप राउत
सिराहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजना केवल एउटा सडक परियोजना मात्र होइन, यो नेपालको आन्तरिक पर्यटन, सीमापार आवागमन र मधेस क्षेत्रको आर्थिक जीवनसँग जोडिएको रणनीतिक पूर्वाधार हो। तर छ वर्षदेखि अलपत्र बनेको यो सडकले अहिले विकासभन्दा बढी निराशा, धुलो र आर्थिक क्षतिको प्रतीक बन्न पुगेको छ।
