त्रिशुली एक को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार
काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिबार दिउसो उक्त टनेलबाट उनलाई उद्धार गरेको हो।
उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। उनलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो।
