कात्तिक २३ देखि चैत १० सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
टुरिजमफेस
काठमाडौं । कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारसम्बन्धी निर्माण कार्यका लागि कात्तिक २३ देखि चैत १८ सम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागेको हो ।
प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द हुने जनाएसँगै मुख्यगरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका उडान प्रभावित हुने भएका छन् । जसले गर्दा उनीहरूले आफ्नो उडान समय तालिका फेरबदल गर्नुपर्ने हुन्छ । विमान कम्पनीहरूले भने दैनिक १० घण्टाको साटो थोरै समय विमानस्थल बन्द गरी मर्मत कार्यलाई गति दिन आग्रह गरेका छन् ।