सिद्धार्थ हस्पिटालिटीद्वारा कर्णाली प्रदेशका रैथाने उत्पादनको बिक्री सुरु
टुरिजमफेस
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादनको बिक्री पनि सुरु गरेको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनका बिक्री गरिरहेको हो ।
सिद्धार्थको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समूदायले बनाएका काठका सामग्री, थारू समूदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ ।