सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड सिटिजन्स बैंकलाई

टुरिजमफेस
काठमाडौं । सिटिजन्स बैंकले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पाएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले दिँदै आएको उक्त अवार्ड सिटिजन्स बैंकले प्राप्त गरेको हो ।
लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अवार्ड ग्रहण गरे । अर्वाड प्राप्त गर्दै अध्यक्ष पाण्डेले सम्मानबाट हौसला बढेको बताए । साथै उनले आगामी दिनमा बैंकका सेवालाई गुणस्तरीय बनाउने समेत बताए ।