डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा पुनः श्रेष्ठ

टुरिजमफेस
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ चुनिएका छन् । एशोसिएसनको १९औं वार्षिक साधारणसभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल निर्विरोध चयन भएका छन् ।
सदस्यमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल चयन भएको एशोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।