रास्वपाका १४ विभागमा नेतृत्व चयन, जिम्मेवारी पाउनेमा को-को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न १४ वटा केन्द्रीय विभागमा प्रमुख तोकेको छ। बसेको केन्द्रीय समिति बैठकले विभागीय नेतृत्वसँगै एक विभागमा उपप्रमुख र अर्कोमा सदस्यसमेत मनोनयन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
पार्टीको संगठनात्मक कामलाई थप व्यवस्थित बनाउने उद्देश्यले विभागहरूमा जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाले जनाएको छ।
विभागअनुसार जिम्मेवारी
- प्रवास सम्पर्क विभाग — मनिष झा
- आर्थिक व्यवस्थापन विभाग — मनोहर प्रधान
- कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग — मोहनलाल आचार्य
- सामाजिक न्याय, लैंगिक समानता तथा समावेशीता विभाग — रुविना आचार्य
- सुशासन तथा राज्य व्यवस्थापन विभाग — सुदीप ढकाल
- विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग — सुलभ खरेल
- कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग — ज्ञानेन्द्र महता
- श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग — दीपकुमार साह
- आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग — शर्मिला खनाल
- विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग — आनन्दबहादुर चन्द
- संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग — डा. धनन्जय रेग्मी
- सदस्य — सम्राट बुढाथोकी
- वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग — धर्म केसी
- सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग — रिमा विश्वकर्मा
उपप्रमुखको जिम्मेवारी
रास्वपाले अभियान तथा प्रचार–प्रसार विभागको उपप्रमुखको जिम्मेवारी डिल्लिश्वोर कार्की (रोहन) लाई दिएको छ।
केन्द्रीय समिति बैठकबाट भएको यो जिम्मेवारी बाँडफाँटसँगै रास्वपाले पार्टीका विभिन्न विषयगत विभागलाई सक्रिय बनाउने तयारी गरेको देखिन्छ।
