एसटिएलआरपीलाई पाटा गोल्ड अवार्ड

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यसँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) को थाइल्यान्डमा आयोजित कार्यक्रममा पाटका अध्यक्ष पिटर साइमनले एसटिएलआरपी परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गरे ।
परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्रदान गरिएको हो ।
परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ नगर÷गाउँपालिकाहरूसँगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले अवार्ड प्राप्त गरेको हो । परियोजनाले यसअघि सन् २०२२ र २०२३ मा पनि एसटिएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो ।