‘पीपी प्रसाईं टुरिज्म लाइफटाइम एचिभमेन्ट अवार्ड’ श्यामबहादुर पाण्डेलाई

टुरिजमफेस
काठमाडौं । ‘पीपी प्रसाईं टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेलाई मरणोपरान्त प्रदान गरिएको छ । होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए । उनको केही समयअघि निधन भइसकेको छ । पीपी प्रसाईं फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीणलाई हस्तान्तरण गरिन् । फाउन्डेसनले हरेक वर्ष नेपालको पर्यटन तथा क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई टुरिजम लाइफटाइम अवार्ड तथा पुरस्कार दिने गर्छ ।