प्रधानसेनापति सिग्देलले सम्हाले जिम्मेवारी
टुरिजमफेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए ।
सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा भदौ २४ गतेदेखि लागु हुने गरी नियुक्त गरेका थिए ।
राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।
