एयर इन्डियाका विमान दुर्घटनामा अहिलेसम्म ११२८ जनाको मृत्यु

Photo Credit AP
टुरिजमफेस
काठमाडौं । भारतको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा परी २४२ जना यात्रुको निधन भएको घटनाले अहिले विश्वको ध्यान तानेको छ ।
२४२ जना यात्रुसहित लन्डन जाँदै गरेको जहाज रन-वे छाडेलगत्तै दुर्घटना हुँदा भारत घुम्न आएका ५३ जना बेलायती पर्यटकको पनि निधन भएको छ ।
यस्तो छ एयर इन्डिया जहाज दुर्घटनाको इतिहास
१). मितिः ३ नोभम्बर १९५०
फ्लाइट नम्बर : एयर इन्डिया २४५
स्थानः मोन्ट ब्लान्क, फ्रान्स
मृत्युः ४८ जना
२). मितिः २४ जनवरी १९६६
फ्लाइट नम्बर : एयर इन्डिया १०१
स्थानः मोन्ट ब्लान्क, फ्रान्स
मृत्युः ११७ जना
३). मितिः १ जनवरी १९७८
फ्लाइट नम्बर : एयर इन्डिया ८५५
स्थानः मुम्बई नजिक
मृत्युः २१३ जना
४). मितिः २३ जुन १९८५
फ्लाइट नम्बर : एयर इन्डिया १८२
स्थानः आयरल्यान्ड नजिकै, आकाशमै विस्फोट
मृत्युः ३२९ जना
५). मितिः २२ मे २०१०
फ्लाइट नम्बर : एयर इन्डिया ८१२
स्थानः मंगलोर, कर्नाटक, भारत
मृत्युः १५८ जना
६). मितिः ७ अगस्ट २०२०
फ्लाइट नम्बर : एयर इन्डिया १३४४
स्थानः कोझिकोड, केरल
मृत्युः २१ जना
बिहीबारको दुर्घटना सहित भएका कुल ७ दुर्घटनामा परी अहिलेसम्म ११२८ जनाको मृत्यु भएको छ ।
-एजेन्सीको सहयोगमा
Photo Credit AP