Skip to content

टान अध्यक्षमा सागर पाण्डे निर्वाचित

tan election

टुरिजमफेस
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वित्तीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् । महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ निर्वाचित हुँदा खुला सदस्यहरूमा छाप्ते लामा शेर्पा, राजु गुरूङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा, विनोदकुमार तामाङ निर्वाचित भए । पाण्डेलाई नेकपा (माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)का साझा उम्मेदवार राजेन्द्र सापकोटा भने पाण्डेसँग पराजित भए । सापकोटा एमाले समर्थित हुन् । तर कांग्रेसकै एक समूहले पाण्डेलाई सघाएको थियो । पाण्डे विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन् ।

कालिकास्थान, काठमाडौँ, नेपाल
प्रधान सम्पादक
रुद्र खड्का
 
सूचना विभाग दर्ता नं.
 ४५७५/२०८०/२०८१ 
विज्ञापनका लागि