‘एआई नीति, २०८२’ स्वीकृत गर्ने सरकारको निर्णय

टुरिजमफेस
काठमाडौँ । सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएको सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत ‘एआई नीति, २०८२’ स्वीकृत गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।