नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे

टुरिजमफेस
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार घिमिरे अध्यक्षमा नियुक्त भएका हुन् ।
उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । राष्ट्र बैंकमा रहँदा उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायतका विभागमा काम गरेको अनुभव छ ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल गरेका घिमिरेले अर्थशास्त्रमै एमए र एमपिएको समेत अध्ययन गरेका छन् ।