नाडा अटो शोमा एक से एक सवारी साधनदेखि सम्पूर्ण पार्टस्

टुरिजमफेस
काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा एक से सवारी साधनको राखिने तयारी गरिएको छ । अटो शो आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अनुसार अटो शोका लागि सबै स्टल बुक भइसकेका छन् ।
आयोजकका अनुसार नाडा अटो शोमा बजारमा चल्तीमा रहेका सवारी साधन र तिनका पार्टस्देखि नयाँ नयाँ सवारी साधन प्रदर्शनी र विक्रीमन लागि राखिएका छन् । सुजुकी र टाटाले भारतमा उत्पादन भएका विद्युतीय गाडी तथा बीवाइडी र एमएडब्लुले चीनमा उत्पादन गरेका नयाँ गाडीसमेत अटो शोमा राखेका छन् ।
त्यस्तै रोयल इन्फिल्ड, बिवाइडी, यामाहाले पनि आफ्ना उत्पादन राखेका छन् । अटो शोमा सुजुकीको इ–भिटारा, टाटाको ह्यारीयर इभी, बिवाइडीको एट्टो–टु एमएडब्लुको दिपल एस ०५ र नामी ०३ प्रदर्शनमा राखिएका छन् ।
आयोजकका अनुसार अटो शोमा ३५ कम्पनी तथा १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी छन् । अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । अनलाइनमार्फत टिकट खरिद गर्नेले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
केही दिनअघि पनि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाइमा मोबिलिटी एक्स्पोको आयोजना गरेको थियो ।