१५ दिन पतिसँग १५ दिन प्रेमीसँग

एआइ प्रयोग गरिएको तस्विर
टुरिजमफेस
काठमाडौं । भारत, उत्तर प्रदेशको रामपुरका एक श्रीमान–श्रीमती र प्रेमीबीच सम्बन्धको एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक विवाहित महिलाले गाउँमा बोलाइएको पञ्चायतमा महिनामा १५ दिन श्रीमान र १५ दिन प्रेमीसँग बस्ने प्रस्ताव राखेकी छन् ।
जुन प्रस्ताव चर्चाको विषय बनेको छ । हिन्दुस्तानका अनुसार अजिमनगर क्षेत्रकी एक युवतीको विवाह डेढ वर्षअघि छिमेकी गाउँका एक युवकसँग भएको थियो ।
विवाहको केही दिनपछि विवाहित महिला टांडा क्षेत्रका एक युवकसँग प्रेममा परेकी थिइन् । एक वर्षअघि ती महिला आफ्ना प्रेमीसँग भागेकी थिइन् । पञ्चायतपछि पतिले विवाहित महिलालाई घर फिर्ता ल्याए ।
तर श्रीमती एक वर्षभित्र ९ पटक आफ्नो प्रेमीसँग भागिन् । ८ दिनअघि श्रीमानले यस विषयमा अजिमनगर प्रहरीमा उजुरी गरे । जसमा उनले आफ्नी पत्नीलाई प्रेमीबाट फर्काइदिन प्रहरीसँग अनुरोध गरे । यो कुरालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लियो र श्रीमान्को जिम्मा लगाइदियो ।
तर श्रीमान्को घरमा एक रात बसेपछि श्रीमती १०औँ पटक प्रेमीसँग भागिन् । श्रीमान् प्रेमीको घर पुगे र श्रीमतीलाई घर आउन भने । तर उनले ठाडै अस्वीकार गरिन् । श्रीमानले श्रीमतीलाई धेरै सम्झाउने प्रयास गरे तर उनले मान्दै मानिनन् । त्यसपछि छलफलका लागि गाउँमा पञ्चायत बस्यो । जहाँ महिलाले भनिन्, ‘महिनामा १५ दिन पतिसँग र १५ दिन प्रेमीसँग बस्छु ।’
त्यसपछि श्रीमानले अब तिमी आफ्नो प्रेमीसँगै बस, मलाई माफ गर भने । त्यसपछि उनी श्रीमतीलाई प्रेमीको घरमा छाडेर फर्किए ।
एआइ प्रयोग गरिएको तस्विर