नेपाल पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

टुरिजमफेस
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पर्यटन व्यवसायी फुर ग्याल्जे शेर्पाको नेतृत्वमा यही भदौँ ७ गते नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य याङकिला शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा एनएमएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्वतीय पर्यटनको नीतिगत सुधारकालागि काम गर्ने विश्वास व्यक्त गरे । एनएमएका नवनिर्वाचित अध्यक्ष फुर ग्याल्जेन शेर्पाले आरोही कल्याणकारी कोषलाई अगाडि बढाउनुका साथै आरोहीको उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र व्यवस्थापन गरिने बताए ।