प्रहरीसँग लुटिएका हतियार छिटो फिर्ता होस्, नत्र कारवाही हुन्छः नेपाली सेना

टुरिजमफेस
काठमाडौं । नेपाली सेनाले जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटिएका हतियार तथा गोलीगट्ठा फिर्ता गर्न अनुरोध गरेको छ । चाँडो हतियार फिर्ता नगरे कारवाहीको चेतावनी समेत सेनाले दिएको छ ।
हतियारको दुरूपयोग हुनसक्ने र त्यसले जनधनको क्षति हुने भन्दै सेनाले हतियार बुझाउन अनुरोध गरेको हो । त्यस्तै सुरक्षाकर्मीका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न सेनाले भनेको छ । यसअघि सेनाले विभिन्न निकायमा पुगेर लुटपाट गर्ने २७ जनालाई नियन्त्रणमा लिएको छ भने ३१ वटा हतियार तथा गोलिगट्ठा बरामद गरेको छ ।
बैंकबाट लुटिएको ३३ लाख ७० हजार नगद समेत सेनाले बरामद गरेको जनाएको छ ।