किन प्रधानमन्त्रीको राजीनामा माग्न थाले युवा ?

टुरिजमफेस
काठमाडौं । जेन–जेड आन्दोलनमा सक्रिय युवाले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो टिम तयार पार्दै गर्दा उनीहरूको बिमति देखिएको छ । उनीहरूले आइतवार राति प्रदर्शन गर्नुअघि प्रधानमन्त्री गृह, अर्थ र ऊर्जा मन्त्रीको टुंगो लागेको खबर सार्वजनिक भएको थियो ।
युवाहरूले गृहमन्त्री बन्न लागेका ओमप्रकाश अर्याललाई नरुचाएको प्रतिक्रिया दिएका छन् । अर्याल कानुन व्यवसायी भएको र उनले आन्दोलनको सहजता गरिरहेको उल्लेख गर्दै मन्त्री छनोटमा युवासँग सल्लाह हुनुपर्ने आन्दोलनका सक्रिय सुधन गुरुङले बताए । युवाको सल्लाहबिना काम गरिए फेरि आन्दोलन हुन सक्ने चेतावनी समेत गुरुङले दिए ।