नेपाल टेलिकमको चाडपर्व लक्षित अफर

टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमले दसैं–तिहार–छठ पर्व अफर ल्याएको छ । सो अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू असोज ६ गतेदेखि प्रारम्भ भएको टेलिकमले जनाएको छ ।
यस अफरअन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शूल्क ५०० रूपैयाँ मिनाहा गरिएको छ । यसैगरी दसैं–तिहार–छठ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
साथै २५० रूपैयाँमा मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रूपैयाँमा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि असोज २० गतेसम्म र कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरूका लागि लागु हुनेछ ।