असोज २६ देखि थाई एयर एसियाले भैरहवाबाट उडान गर्दै, सुधारिएला होटल क्षेत्र ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
टुरिजमफेस
भैरहवा । यही असोज २६ देखि थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने तयारी गरेको छ । करिब छ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेकोे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको तयारी भएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइएको बताए ।
उनले यो बाहेक जजिरा एयरवेजलगायत अन्य कम्पनीले पनि उडानका लागि चासो दिएको जानकारी दिए ।
२०७९ जेठ २ गते औपचारिक उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।
तर त्यसपछि विभिन्न कारण देखाउँदै नियमित उडान बन्द भएका थिए । नियमित उडान निरन्तर नहुँदा भैरहवा र आसपासका होटल तथा पर्यटन व्यवसायी प्रभावित बनेका छन् । त्यसको मारमा पर्यटन व्यवसायी पर्दै आएका छन् । गौतम बुद्ध नियमित सञ्चालन हुने आशाले होटललगायतका क्षेत्रमा करिब एक खर्ब रूपैयाँ लगानी गरिएको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल