जनार्दन शर्माले पार्टी त खोले तर आफू देखिएनन्
टुरिजमफेस
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनयुद्धकालीन कमाण्डर जनार्दन शर्माले नयाँ राजनीतिक दल खोलेका छन् । तर त्यस दलको जिम्मेवारी भने अरुलाई नै दिइएको छ ।
आइतवार सार्वजनिक गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीको नेतृत्वमा पाँच जनालाई जिम्मेवारी दिइएको छ । पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएको कमिटीमा जनार्दन शर्मा रहेका छैनन् । त्यस्तै सोही पार्टीसँग एकीकरण गरेका डा. बाबुराम भट्टराई पनि जिम्मेवारीमा छैनन् ।
अध्यक्ष परिषदमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाललाई राखिएको छ । प्रगतिशील लोेकतान्त्रिक पार्टीमा विभिन्न राजनीतिक दल त्याग गरेर आएका व्यक्तिहरू छन् । अध्यक्ष परिषद्मा रहेका सदस्यहरूको वरीयता समान हुने बताइएको छ भने बैठकको अध्यक्षता चक्रीय प्रणालीका आधारमा उनीहरूले गर्नेछन् ।
