ठमेलमा रहेको होटल वैशाली पाँचतारेमा स्तरोन्नति हुँदै
टुरिजमफेस
काठमाडौं । ठमेलमा रहेको चारतारे होटल वैशाली पाँचतारेमा स्तरोन्नति हुने भएको छ । मनाङ हस्पिटालिटी प्रालिले ठमेलमा रहेको होटल वैशालीलाई स्तरोन्नति गर्दै ‘फोर पोइन्ट बाई सेराटन’ ब्रान्डमा पाँच तारे होटल बनाउने काम सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार होटलमा १ सय ८ वटा आधुनिक सुविधाको कोठा हुनेछन् । होटलले आंशिक रुपमा सन् २०२७ देखि पाँच तारेमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, पूर्ण क्षमतामा भने सन् २०२८ बाट सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीको भनाइ छ ।
कर्मा तेन्जिङको ६३ प्रतिशत स्वामित्व रहेको होटललाई पाँचतारे नयाँ ब्रान्डमा रुपान्तरण गर्न २ अर्ब ६७ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
