काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा रहेको एक सुरक्षा चौकीमा भएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
बिबिसी उर्दुका अनुसार मलंगी क्षेत्रमा अवस्थित उक्त चौकीलाई लक्षित गर्दै विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराइएको थियो। उक्त भवन पहिले मदरसा रहेको र पछि सुरक्षा चौकीका रूपमा प्रयोग हुँदै आएको जनाइएको छ।
प्रहरी अधिकारीहरूले घटनामा एक प्रहरीसहित नौ जना फ्रन्टियर कोर्प्सका सदस्यको मृत्यु भएको पुष्टि गरेका छन्। भग्नावशेष पन्छाउने कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
एक सुरक्षा अधिकारीका अनुसार अज्ञात आक्रमणकारीले विस्फोटकले भरिएको गाडी चौकीभित्र प्रवेश गराई विस्फोट गराएका थिए।
घटनाबारे पाकिस्तानी सेनाले औपचारिक प्रतिक्रिया सार्वजनिक नगरे पनि खैबर पख्तुनख्वा प्रान्तीय नेतृत्वले उक्त आक्रमणको कडा शब्दमा भर्त्सना गरेको जनाएको छ। एजेन्सीको सहयोगमा