काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
परिवारजनका अनुसार उनी केही समयदेखि अस्वस्थ थिए र उपचारका क्रममा गठ्ठाघरस्थित कोरियन हस्पिटलमा उनको निधन भएको हो।
उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको परिवारले जनाएको छ। आजै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।