अमेरिकी राजनीतिमा इरान युद्धलाई लिएर नयाँ बहस
काठमाडौं । अमेरिकामा इरानसँगको सम्भावित युद्धलाई लिएर राजनीतिक तनाव चुलिएको छ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि वासिङ्टनको राजनीति थप तातेको हो । प्रस्तावको पक्षमा ५० मत र विपक्षमा ४७ मत परेको थियो । विशेष कुरा के भने केही रिपब्लिकन सांसदले पनि डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको समर्थन गरेका छन् ।
