दुईदिने बिदा र बढ्दो आकर्षणले वर्षायाममै चितवनको पर्यटन चलायमान
चितवन । चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरू वर्षायाममा समेत पर्यटकले भरिन थालेका छन्। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि आन्तरिक पर्यटनमा उल्लेख्य वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। यसले सौराहा, पटिहानी, जगतपुर र मेघौलीलगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा नयाँ उत्साह थपेको छ।
