रसुवामा बाढीको कहर, ८२६ जना अझै सम्पर्कविहीन
बाढीले प्रभावित देवीघाट बजार आसपासको क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ५ देवीघाट बजार आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
काठमाडौं । रसुवामा आएको बाढीका कारण ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पर्यटकसहित ठूलो संख्यामा मानिस सम्पर्कबाहिर रहेका हुन् ।
सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना छन् । यस्तै, ५७९ जना पर्यटक पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवाका १६१ जना र नुवाकोटका एक जना पनि सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।