एक खर्ब रूपैयाँ लिएर खेतान समूह गोर्खा बु्रअरीबाट बाहिरिँदै
टुरिजमफेस
काठमाडौं ।
व्यवसायी घराना खेतान समूहको ३३.३३ प्रतिशत सेयर १ खर्ब रूपैयाँमा खरिद गर्नका लागि काल्सवर्ग र सिंगापुर होल्डिगसँग सम्झौता भएको छ ।
काल्सवर्ग समूहको ३३.३३ प्रतिशत सेयर काल्सवर्ग साउथ एसियासँग थियो । र, अहिले सोही सेयर हस्तान्तरणको सम्झौता भएको हो । आगामी ३ देखि ५ वर्षमा ७४ करोड ४० लाख अमेरिकी डलर (हालको विनमय दरअनुसार झन्डै १ खर्ब ३ अर्ब) मा लेनदेन सम्झौता पूर्ण हुने काल्सवर्ग समूहको प्रेस विज्ञप्तिमा उल्लेख छ । योसँगै काल्सवर्गले हालको व्यापारको सतप्रतिशत स्वामित्व पाउने विज्ञप्तिमा जनाइएको छ । काल्सवर्ग समुहका प्रमुख कार्यकारी जेकब अरुप एन्डरसनका अनुसार काल्र्सबर्ग समूहले एसियाली व्यवसायको हिस्सा प्राप्त गरेसँगै लगानीलाई तीब्र बनाइएको छ ।
नेपालमा काल्सवर्गको व्यापार गोर्खा ब्रुअअरी प्राइभेट लिमिटेडले गर्दछ । गोर्खा ब्रुअरीमा काल्सवर्ग इन्डिया र काल्सवर्ग साउथ एसियामा पनि सेयर रहेको थियो । अब भने गोर्खा ब्रुअरीको सम्पूर्ण सेयर काल्सवर्ग समूहको स्वामित्वमा जाने भएको छ । विज्ञप्ति अनुसार यो कारोबार सन् २०२४ को अन्त्यसम्ममा सम्पन्न भइसक्ने छ ।