मिस्रीको निमन्त्रणमा भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।
उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित भइसकेको छैन ।
भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । २७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएर फर्किएका थिए ।
आगामी आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।