रेस्टुरेन्ट, होटल, मोटल, लज, गेष्ट हाउसको खर्चमा १० प्रतिशत कर फिर्ता हुने, कसरी पाइन्छ सुविधा ?
टुरिजमफेस
काठमाडौं । सरकारले मदिरा पिउने केन्द्र (बार), रेस्टुरेन्ट, होटल, मोटल, लज, गेष्ट हाउसमा खर्च गरिएको रकममा १० प्रतिशत कर फिर्ता हुने व्यवस्था मिलाएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न १० प्रतिशत कर फिर्ता दिने व्यवस्था गरिएको आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा उल्लेख छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गरिने व्यवस्था छ । यो रकम विभागले तोकेको प्रक्रिया अनुसार उपभोक्ताको बैंक खातामा फिर्ता हुनेछ । यसका लागि भने केही शर्त पालना गर्नुपर्छ । ती शर्तहरूमा मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्नुपर्ने, डेबिट÷क्रेडिट कार्ड, क्युआर कोड वा मोबाइल भुक्तानी विधिबाट भुक्तानी गरेको हुनुपर्ने, विद्युतीय बीजक प्रणालीसँग मिल्दो सफ्टवेयर प्रयोग गरेको हुनुपर्नेलगायतका छन् ।