नेपाली व्यवसायी राहुल चौधरी अग्रणी होटल चेन नेतृत्वकर्ताको सूचीमा
टुरिजमफेस
काठमाडौं । सिजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक राहुल चौधरी ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । उनी लगातार लगातार पाँचौं वर्ष सूचीकृत हुन सफल भएका हुन् । यो विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरूको सञ्जाल हो ।
होटेलियर इन्डियाले सार्वजनिक गरेको सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन् । चौधरीले यो सम्मानलाई सिजी हस्पिटालिटीको विश्वव्यापी विस्तार र वल्र्डक्लास सर्भिसको रूपमा लिएको बताए । उनले यस्तो सम्मानले पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिबिम्ब गर्ने समेत बताए । ‘लगातार पाँचौं वर्ष होटेलियर इन्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु’, उनले भने ।
सिजी हस्पिटालिटी होल्डिङ्सले १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ । जसमा ११,००० भन्दा बढी किज (रुम) रहेका छन् । कम्पनीले सन् २०२५ सम्म २०० भन्दा बढी होटलहरू र १२,००० किजहरू सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।
सिजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, ¥याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । सिजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।