बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा पर्ने नेपाली को हुन् ?
टुरिजमफेस
काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । ती महिलाहरू पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रमा काम गरिरहेका छन् । बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् ।
शिलशिलाको पृष्ठभूमि
शिलशिला करिब दशकदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय क्षेत्रमा काम गर्दै आएकी छन् । उनको जोड वातावरणीय समाधान र दिगोपन प्रवर्धनमा छ । उनले प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेकी बीबीसीले जनाएको छ ।
उद्यमशीलतालाई जोड दिँदै उनी काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनीले ग्रामीण र सहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ ।