ट्रम्प प्रशासनले थाल्यो अमेरिकामा बसेका अवैध आप्रवासीलाई पक्राउ अभियान

टुरिजमफेस
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न थालेको छ । ट्रम्पले चुनावअघि नै अवैध आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका थिए ।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताउँदै आएका छन् । घर फिर्ती अभियान सिकागोबाट सुरू भएको छ । विभिन्न सञ्चार माध्यमहरूका अनुसार सिकागोमा शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको हो ।
अमेरिकी अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनले जनाएको छ । अब यस्तो अभियान देशैभरि सुरू हुने बताइएको छ । अमेरिकामा नेपालीहरू पनि अवैध रूपमा बस्दै आएका छन् । सिकागोमा नेपालीहरू पक्राउ परे÷नपरेबारे भने यकिन छैन ।
यसैबीच कोलम्बियाका आप्रवासी फिर्ता गर्ने सवालमा सैनिक विमानमा राखेर कैदी जस्तो व्यवहार गरिएको भन्दै कोलम्बियाले अमेरिकी सैन्य जहाजलाई आफ्नो भूमिमा अवतरण गर्न नदिँदा दुई देशबीत तनाव भएको र ट्रपले कोलम्बियाबाट आउने सामानमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । एजेन्सीको सहयोगमा