१९ लाख ७१ हजार किसान परिवार सूचीकृत
farmers
टुरिजमफेस
काठमाडौं । नेपालमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार अझै किसान परिवार सूचीकरणको क्रम जारी छ ।
राष्ट्रिय कृषि गणना २०७८ का अनुसार ४१ लाख ३० हजार किसान घरधुरी रहेका छन् । हाल केन्द्रले स्थानीय तह मार्फत अनलाइन प्रणालीमा किसानहरूको विवरण संकलनको कार्य गरिरहेको छ ।
किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१ को दफा ६ वमोजिम किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालनको लागि केन्द्रलाई तोकिएको छ । कृषक परिचयपत्रलाई राष्ट्रिय परिचयपत्र र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बनाइएका अन्य सफ्टवेयरसँग पनि आवद्ध गर्दै जाने बताउने गरिए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । साथै कृषक परिचयपत्र पाएकाहरूलाई मल, बीउको पनि सहुलियत दिने गरिएको छैन ।
farmers
