रास्वपाले ६ विभागको नेतृत्व टुंग्यायो, कसले पाए कुन जिम्मेवारी?
काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न विभागको नेतृत्वसँगै सचिवालय र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ६ वटा विभागका प्रमुख तोकेको हो। निर्णयअनुसार पूर्वाधार विभागको जिम्मेवारी निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागको नेतृत्व शिशिर खनाल र अर्थ विभागको प्रमुखमा लिमा अधिकारी चयन भएका छन्।
त्यसैगरी संगठन विभागमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू तथा जनस्वास्थ्य विभागमा तोसिमा कार्कीलाई प्रमुख बनाइएको छ।
बैठकले ११ जनालाई सचिवालय सदस्य पनि मनोनीत गरेको छ। सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव छन्।
यस्तै, ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। भूपदेप शाह, सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भानुभक्त राई केन्द्रीय सदस्य बनेका छन्।
रास्वपाले पदाधिकारीतर्फ पनि जिम्मेवारी हेरफेर गरेको छ। पुरुषोत्तम यादवलाई सहमहामन्त्री, जगदीश खरेललाई प्रवक्ता, नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ता तथा मनोहर प्रधानलाई कोषाध्यक्ष मनोनीत गरिएको छ।
त्यस्तै बसुमाया तामाङ सहकोषाध्यक्षमा चयन भएकी छन्।
