चन्द्र ढकालले सुरु गरे बाग्लुङमा ३० करोड लगानीमा इला कम्फर्ट होटल

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङमा पनि होटल व्यवसाय सुरु गरेका छन् । ढकालको आइएमइ समूहले बाग्लुङ सदरमुकाममा ३० करोड लागतमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएको छ । होटलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे ।
बाग्लुङ जिल्लालाई पर्यटन प्रवद्र्धन गरी आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले समूहले एक होटल मात्र नभई सम्भावनाको ढोका खोलेको बताए । करिब ३ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको छ । समूहका अध्यक्ष ढकालले सातै प्रदेशमा पर्यटकीय पूर्वाधार बनाउने गरी समूह अघि बढेको बताए ।