भारतमा नयाँ बजेटः १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने र नेपाललाई दिने अनुदान पोहोरकै बराबर

टुरिजमफेस
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि भारतमा बजेट ल्याइएको छ । जस अनुसार कर प्रणालीमा सुधार गर्दै वार्षिक १२ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरिएको छ ।
मोदी नेतृत्वको सरकारले नै यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रूपैया तथा सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको रकममा करमुक्त गरिएको थियो । नयाँ व्यवस्थाले मध्यम आय भएका परिवारलाई लाभ पुग्नेछ । त्यस्तै भारतले नेपालका लागि सन् २०२५ मा पनि अघिल्लो वर्षझै ७ अर्ब रूपैयाँ सहायता दिने व्यवस्था गरेको अर्थमन्त्री सितारमणले जानकारी दिइन् ।
छिमेकी राष्ट्रहरूमध्ये सबभन्दा बढी भारतले भुटानका लागि २१ ऋर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको छ । नयाँ बजेटमा कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।