मनाङ घुम्न आए ४६ देशका पर्यटक

टुरिजमफेस
काठमाडौँ । यस वर्ष हिउँदमा ४६ देशका विदेशी पर्यटक हिमाली जिल्ला मनाङ घुम्न पुगेका छन् । खासगरी यो वर्ष हिमपात नभएपछि ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरेका हुन् ।
चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएको कार्यालयले जनाएको छ । एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेको जानकारी दिए ।
विगतमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको उनको भनाइ छ ।